स्वास्थ्य सचिव भएको केही महिनासम्म डा सुधा शर्मा सरकारी कामकाजको ढंग देखेर आश्चर्यचकित थिइन् । चिकित्सा पेसामा रहेकी डा शर्मालाई प्रशासनको ज्ञान उति राम्रो थिएन । सरकारी काम भन्नेबित्तिकै जनता सकेसम्म प्रशासनिक झमेलामा पर्नु नपरोस् भन्ने किन ठान्छन्, डा शर्माले बल्ल बुझिन् । गतवर्षको असारयता डा शर्माको काम गर्ने शैली यसरी परविर्तन भयो कि प्रशासन यन्त्रमा उनी उच्च ओहदाकी जल्दोबल्दो कर्मचारी भएकी छिन् । डा शर्माले जनसंख्यासम्बन्धी २० वर्षे रणनीति तयार पारेर एउटा चिकित्सकले गम्भीर प्रकृतिको अनुसन्धान गर्न सक्दैन भन्ने कुरालाई गलत साबित गरेकी छन् । त्यसबाहेक जिल्ला-जिल्लामा स्वास्थ्यसम्बन्धी गुणस्तरीय जनशक्ति उत्पादनका लागि अहिले उनी पाठ्यक्रमको तयारी गररिहेकी छिन् । उनको आमाको स्वास्थ्य सुधार गर्न चालिने महत्त्वपूर्ण कदमको अनुसन्धान लागू गर्न पनि अन्तिम छलफल भैरहेको छ ।
अञ्जु पन्त
ब्राह्मण बुबा तथा तामाङ आमाबाट जन्मिएकी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् । लगभग ६ सय गीत गाएकी अञ्जुले २ सय गीत नेपाली चलचित्रका लागि गाएकी छिन् । उनको सर्वपि्रय गीत 'न बिर्से तिमीलाई' मोबाइलमा २८ हजार पटक डाउनलोड भएको छ । मोबाइलमा यति धेरै डाउनलोड हुने उनी प्रथम गायिका हुन् । आलोकश्रीको लगानी र संगीत रहेको 'संयोग' एल्बममा अञ्जुले प्रसिद्ध गजल गायक जगजित सिंहसँग गीत गाउने अवसर समेत पाएकी छिन् ।
१३ वर्षअघि भजन रेकर्ड गरेर संगीत क्षेत्रमा प्रवेश गरेकी अञ्जु लोकपि्रय हुन थालेको तीन वर्ष मात्र भएको छ । हिट हुन थालेयता उनको आम्दानीमा पनि गुणात्मक वृद्धि भएको छ । पहिले एउटा गीत गाएको १ हजार रुपैयाँ पारिश्रमिक लिने गायिका अञ्जु पन्त अहिले एउटै गीत रेकर्ड गरेको १० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् ।
झरना थापा
एक छोरीकी आमा भएर पनि आफ्नो सौन्दर्यलाई जोगाएर राख्नु झरनाको विशेषता हो । उनी आफै चलचित्र निर्मातृ पनि हुन् । होम प्रोडक्सनमार्फत चलचित्रका सबै पक्षमा सहयोगी भूमिका निभाउने झरना थापाले बाहिरका चलचित्रमा पनि समय दिइरहेकी छिन् । चलचित्र निर्माताहरूले लगातार अफर गर्नु उनको बढ्दो लोकपि्रयताको संकेत हो ।
वर्ष २०६६ मा उनी सरसफाइ राजदूतका रूपमा समाजसेवामा समेत संलग्न भइन् ।
'इन्ड वाटर प्रोभर्टी' नामक संस्थाले उनलाई सरसफाइ अभियानको राजदूत नियुक्त गरएिपछि उनी त्यसको प्रचार गर्न दिल्ली पुगेकी झरनाले त्यहाँका उच्च पदस्थ व्यक्तिहरूका अघि सरसफाइसम्बन्धी कार्यक्रम प्रस्तुत गरनि् । यस्तो कार्यक्रममा भाग लिने उनी पहिलो नेपाली महिला कलाकार हुन् । कलाकार संघको उपाध्यक्षका रूपमा कलाकारहरूको हकहितमा काम गररिहेकी झरना थापा सांकेतिक भाषा पनि जान्दछिन् ।
दीपाश्री निरौला
तीतो सत्यमा कर्कसा गृहिणीको भूमिकामा देखिने दीपाश्रीको लोकपि्रयता यो वर्ष पनि उपल्लो स्थानमा रह्यो । नेपाली टेलिभिजनबाट धेरै हास्य कार्यक्रम प्रसारण भए पनि तीतो सत्यको लोकपि्रयतालाई कसैले भेटाउन सकेको छैन । यो कार्यक्रम अहिलेसम्मकै सबैभन्दा बढी कमाउने कार्यक्रम भएको छ । ३ सय ५० भाग पुग्न लागेको यो कार्यक्रम भित्री रूपमा दीपाको शक्तिमा अडेको निर्देशक दीपकराज गिरी पनि स्वीकार गर्छन् । २० वर्षअघि रेडियो नेपालको बाल कार्यक्रमबाट प्रसारण हुने नाटकमा अभिनय गरेर दीपाले आफ्नो करयिर प्रारम्भ गरेकी हुन् । स-साना नाटकमा काम गर्ने क्रममा दीपाको भेट दीपकराज गिरीसँग भयो । १६ वर्षयता यो जोडीको प्रहसन, रेडियो नाटक, टेलिश्रृंखला एवं चलचित्र समेत आइसकेका छन् । यद्यपि उनीहरूले रेडियो नेपालमा रामविलास र धनियाँका रूपमा लोकपि्रयता हासिल गरे भने केही वर्षयता तीतो सत्यमा श्रीमान्-श्रीमतीका रूपमा उनीहरूले निकै ख्याति पाएका छन् ।
क्षयरोगविरुद्ध सद्भावना राजदूतका रूपमा काम गररिहेकी दीपाका लागि वर्ष- २०६६ लक्की रह्यो । दीपक र दीपाको यो जोडीले एउटा मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडरको भूमिका पनि निभाइरहेको छ ।
सुजाता कोइराला
विद्या भण्डारी
प्रभावशाली नेता मदन भण्डारीकी श्रीमती भएकै कारण राजनीतिमा अघि आएको आरोपका कारण विद्या भण्डारीको राजनीतिले गति लिन सकेको थिएन । यद्यपि महिलालाई आरक्षण दिनुपर्छ भन्ने मुद्दा उठाएर उनले एक दशकयता राजनैतिक पहिचान कायम गर्न थालेकी थिइन् । रक्षामन्त्री बन्ने अवसर पाएपछि भने उनले एउटा छुट्टै इतिहास निर्माण गरेकी छिन् । उनको लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई नेपालका अन्य नेताहरूले पनि अनुशरण गर्नुपर्ने अवस्था आएको छ ।
दृष्टि श्रेष्ठ
इन्जिनियर डम्बरबहादुर नेपालीकी छोरी दृष्टि सन् २००७ मा १२ कक्षा उत्तीर्ण गरेर अमेरकिा गएकी हुन् । दृष्टि बुवाको प्रेरणा पाए पनि आमाको थरले चिनिन चाहन्छिन् । सानैदेखि जलविद्युत्को मात्र चर्चा हुने वातावरणमा हुर्किएकी दृष्टिको उद्देश्य ग्रामीण क्षेत्रमा विद्युतीकरण हो । बुवा असल इन्जिनियर भएकाले व्यवस्थापनमा सघाउन आफूले अर्थशास्त्र पढेको दृष्टिको कथन छ ।
आयशा शाक्य
आयशा नेपाली तेक्वान्दोका लागि सम्भावनायुक्त खेलाडी हुन् । खेल जीवनको छोटो यात्रामै अपत्यारलिो सफलता हात पारेकी आयशाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको अनुभव संगालेकी छिन् । यसअघि उनले श्रीलंकामा सम्पन्न दसौं साग खेलकुदमा पनि भाग लिएकी थिइन् । त्यसताका ५९ केजी तौल समूहमा उनले रजत पदक जितेकी थिइन् । दोहा कतारमा भएको १५ औं एसियाली खेलकुदमा ५९ केजी तौल समूहबाटै उनले कांस्य पदक जितेकी थिइन् । त्यसैगरी कोरयिामा आयोजित फस्ट वल्र्ड तेक्वान्दो कल्चर एक्स्पोमा पनि उनले कुशलता प्रदर्शन गरेकी थिइन् । उक्त प्रतियोगितामा उनलाई कांस्य पदक प्राप्त भयो ।
उनले प्रतिस्पर्धा गरेको अन्तर्राष्ट्रिय खेलकुदको सूची यतिमै सीमित छैन । ८ वर्षअघिदेखि व्यावसायिक खेल जीवनमा होमिएकी आयशालाई १५ औं एसियाली खेलकुदका क्रममा चिनियाँ खेलाडीलाई उछिन्दाको क्षण अझै पनि रोमाञ्चक लाग्छ । शाक्य भन्छिन्-'त्यसबेला मेरी प्रतिद्वन्द्वी एकदमै स्ट्रंग थिइन्, तैपनि
मैले जितें ।'
पाटन, नकवहालकी आयशा ब्ल्याक वेल्ट थर्ड डान हुन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत आयशाको डिफेन्सिङ प्रबल मानिन्छ । 'स्पिड कम छ' उनले आफ्नो कमजोरी बताइन् ।
सधैं चर्चामा
रेखा थापा
रेखा थापा नेपाली चलचित्रकी प्रतिभाशाली कलाकार हुन् । त्यो भन्दा पनि आफूसँग भएको कलालाई कसरी मार्केटिङ गर्नुपर्छ त्यो उनलाई राम्रोसँग थाहा छ । त्यसैले उनी अन्य वर्षझैं यो वर्ष पनि चर्चामा रहिन् । कहिले उनले एकीकृत माओवादीका अध्यक्षसँग कम्मर मर्काएर आफूलाई माओवादी समर्थकहरूको प्यारो बनाइन्, कहिले गगन थापासँग नाच्ने इच्छा जाहेर गरेर समयसँगै चल्न सक्ने खुवी प्रदर्शन गरनि् । कान्तिपुर पब्लिकेसन्सको साप्ताहिकमा उनी प्रत्येक साता लभ गुरुका रूपमा प्रेम समस्या समाधान गर्छिन् । यसले उनलाई युवाहरूको रुचि र समस्या थाहा पाउन सहयोग गरेको छ ।
सय चलचित्रमा अभिनय गरसिकेपछि पनि उनको लोकपि्रयता कम नहुनुका पछाडि उनको राम्रो अभिनय मात्र होइन, मार्केटिङ कलाले पनि काम गरेको छ । सर्वेक्षणमा रेखा नेपालकी नम्बर एक नायिका हुन् । यद्यपि रेखा थापा आफू भने करश्िमा मानन्धरलाई अहिले पनि नम्बर एक नायिका मान्छिन् । अरूका चलचित्रमा काम गर्दै जाँदा उनले आफैं पनि चलचित्र निर्माणमा हात हालेकी छिन् ।
धेरै कलाकारले आफूले लगानी गरेको चलचित्रमा असफलता पाए पनि रेखाले भने प्रत्येक चलचित्रमा सफलता हासिल गरेकी छिन् । कुनै न कुनै कारणले सञ्चारमाध्यममा छाइरहने भएकीले पनि रेखालाई सदाबहार नेपाली कलाकार मानिएको हो ।
करिमा बेगम
आफूलाई अपहेलित गरेका कारण आवेशमा थप्पड हानेको बेगमको स्पष्टोक्ति थियोे । महिला मुसलमान मात्र होइन, मधेसी भएका कारण आफूलाई प्रजिअले अपहेलना गरेको उनको आरोप रह्यो । यद्यपि मन्त्रीको अपहेलना गर्ने प्रजिअलाई विभागीय कारबाही गर्ने अधिकार उनलाई थियो । विभागीय कारबाहीको अधिकार प्रयोग गरेर उनले भण्डारीलाई कारबाही गर्न सक्थिन् तर रसिको झोंकमा उनले आफू मन्त्री भएको र यो निकै मर्यादित पद हो भन्ने कुरासमेत बिर्सिइन् । यद्यपि यो घटना उनको क्षमायाचनापछि सेलाएर गयो ।
चन्दा चौधरी
यता तमलोपाबाट युवा तथा खेलकुद सहायक मन्त्री बनेकी चन्दा चौधरीले गाडी बिगि्रएको रसिमा आफैंले चढ्ने गाडीको सिसा फुटाइन् । सर्लाही स्थायी घर भएकी चौधरी गतवर्ष माधव नेपालले आठौं पटक मन्त्रिमण्डल विस्तार गर्दा मन्त्री भएकी हुन् । मन्त्री हुनेबित्तिकै उनले आफूलाई पुरानो गाडी दिएकोमा आपत्ति प्रकट गरेकी थिइन् । चन्दाले आफूलाई दिएको गाडी बेलाबेलामा बिग्रने गरेको गुनासो प्रधानमन्त्रीसमक्ष गरेकी थिइन् । गाडीकै विषयमा तनाव खेपिरहेकी चन्दा सिंहदरबारबाट मन्त्री क्वाटर पुल्चोक जाने क्रममा कुपन्डोलमा गाडी बिगि्रयो । यही रसिमा उनले गाडीको सिसामा मुड्की प्रहार गरनि् । उनकेा प्रहार यति शक्तिशाली थियो कि गाडीको सिसा झर्यामझुरुम भयो । रमाइलो कुरा त के छ भने यो प्रसङ्गमा चौधरीको नकारात्मक टिप्पणी भए पनि उनले अर्को गाडी पाइन् । तोडफोड नगरी अधिकार नपाइने नेपाली समाजमा मन्त्रीले पनि त्यही घटना दोहोर्याउनुपर्यो ।
कलावती पासवान
वर्तमान मन्त्रिमण्डलमा कलावती पासवान यस्ती महिला हुन्, जो मधेसी महिलाभित्रकी दलित हुन् । नेपालमा पहिलोपटक मधेसकी दलित महिला मन्त्रिमण्डलमा प्रवेश गरेपछि धेरैले त्यसको स्वागत गरे । साक्षर मात्र रहेकी कलावतीको मन्त्रिमण्डलमा प्रवेश हुनु प्रतीकात्मक मात्र थिएन, उनीबाट कुनै न कुनै रूपमा दलित महिलाको उत्थान हुने आशा राखिएको थियो । लामो समय बितिसक्दा पनि उनले गरेको कुनै पनि काम बाहिर आएन ।
केही समयअघि उनले बाराका एलडिओ रामचन्द्र मिश्रमाथि हातपात गरनि् । आफूले भनेको कुरा एलडिओले नमानेको उनको तर्क थियो । जिल्ला विकास समितिबाट अनुमति लिएर भारतमा ढुंगा-गिटी निकासी गररिहेको यादव ट्रेडर्सलाई डेढ करोड रुपैंयाँ मिनाहा दिने कि नदिने भन्ने विषयमा बहस हुँदा पासवानले एलडिओमाथि हातपात गरेकी थिइन् । मिटिङ भैरहेको स्थानमा मन्त्रीले अश्लील शब्द प्रयोग गरेको अन्य कर्मचारीको आरोप छ । त्यस्तो शब्द नबोल्नु कुरा मिल्छ भन्दाभन्दै पासवानले एलडिओलाई चार थप्पड हानेको प्रत्यक्षदर्शीहरूको भनाइ थियो । उक्त घटनामा अनियमितताको आशंका भए पनि मन्त्रीले गएर सीधै थप्पड हान्दा घटनाले अर्कै मोड लियो । फलस्वरूप जसले भ्रष्टाचारको सूचना दिएका थिए ती कर्मचारीहरू नै मन्त्रीको विरोधमा देखिए । अन्त्यमा विभागीय कारबाहीमा पर्नसक्ने कर्मचारीसँग मन्त्री पासवानले उल्टै क्षमा याचना गर्नुपर्यो । त्यसो त मन्त्री हुनुअघि नै करमिा बेगम तथा कलादेवी पासवान यादव समूहको मधेसी जन अधिकार फोरमसँगको भिडन्तमा घाइते भैसकेका थिए ।
फोरम अध्यक्ष यादवले विजयकुमार गच्छेदारलाई कारबाही गरेको खबर आउनेबित्तिकै यी दुवै सभासद पार्टीको बैठक चलिरहेको स्थानमा पुगेर गाली गर्न थालेका थिए । फलस्वरूप दुवै पक्षको भिडन्त हुँदा पासवान र वेगम घाइते भएका थिए । महिलाहरू शालीन, भद्र एवं संवादमा विश्वास राख्छन् भन्ने मान्यता विपरीत भिडन्त एवं थप्पडमा ओर्लिएपछि गतवर्ष पासवानको छवि धुमिल हुनपुग्यो ।
पूजा र नम्रता
No comments:
Post a Comment