Saturday 8 May 2010

सिक्नुपर्ने पाठ

आफ्नो सेना छैन । तर पनि, १९ मुलुकका हजारौँ सैनिक रातोदिन गस्ती गररिहेका भेटिन्छन् । त्यसबाहेक यहाँ ४३ देशका प्रहरी पनि थुपि्रएका छन् । द्वन्द्व र अराजकताले ग्रस्त क्यारेबियाई मुलुक हाइटीका लागि संयुक्त राष्ट्रसंघीय मिसन -मिनुस्ता)को झन्डामुनि ती फौज क्रियाशील छन् । तीमध्येको एक हो, नेपाली सेना पनि ।

नेपालमा लडाकू समायोजनको विवाद तन्काउँदै सत्ताका लागि छिनाझपटी गररिहेका राजनीतिक दलका नेताहरूका लागि हाइटीको दुरावस्था एउटा गतिलो पाठ हुनसक्छ । प|mान्सको साम्राज्यवादी शासनलाई परास्त गरी आजभन्दा झन्डै दुई सय वर्षअघि हाइटी स्वतन्त्र भएको थियो । तर, अहिले त्यो स्वतन्त्रतामा कसैले पनि गौरव गर्दैन किनभने संयुक्त राष्ट्रसंघको नीलो टोपीमा संसारभरका फौज यहाँ तैनाथ छन् ।

अहिले नेपालमा जसरी सेनालाई राजनीतिक वादविवादको विषय बनाइएको छ, हाइटीमा १२ वर्षअगाडि त्यस्तै भएको थियो । हाइटीको राष्ट्रिय सेना राजनीतिक दलहरूको खिचातानीमा पर्दा सैनिक जर्नेलहरूमा शासनको महत्त्वाकांक्षा जागेको रहेछ । त्यसपछि, बेलाबेलामा सैनिक 'कू' भए । सेनालाई ज्यादै राजनीतीकरण गरँिदा दलका नेताहरूको एउटा 'प|m्याक्सन'जस्तो बन्न पुग्यो र कूका कारण सेना साझा हुन सकेन ।

सन् २००४ मा सैनिक विद्रोह भयो । तत्कालीन राष्ट्रपति जन बर्टान्ड एरििस्टडले देश छाड्नुपर्‍यो । सेनाभित्रै द्वन्द्व चर्किएपछि त्यसको विघटन नै भयो । त्यसयता हाइटी सेनाविहीन देश बनेको छ र विघटित सेनाको ठूलो संख्या नै यतिबेला मुलुकको सुरक्षाको प्रमुख चुनौती भएको छ । ती पूर्वसैनिकहरूलाई पक्राउ गर्न देशभर विदेशी सेनाको गस्ती हुने गरेको छ ।

आफूसँग भएका हतियारसहित पूर्वसैनिकहरू गिरोह चलाएर बसेका छन् । उनीहरू आफूखुसी चन्दा तोक्छन्, नदिने व्यापारीलाई अपहरण गर्छन्, आइपरे मारििदन्छन् । पूर्वसैनिकका गिरोह प्रमुखहरू सहर पसेको थाहा पाएपछि व्यापारीका अंगरक्षकले बाहिर निस्केर फायरङि् गर्नुपर्ने बाध्यता छ, राजधानी पोर्ट ओ पि्रन्समै पनि । रमको कारोबार गरेर बसेका भारतीय व्यापारी लोकेश भन्छन्, "पेस्तोलको आवाज सुनेपछि योसँग पनि हतियार रहेछ, खतरा हुनसक्छ भनेर उनीहरू डराउँछन् ।" बुटिलेयरमा बस्दै आएका उनले सुनाए, "एउटा व्यापारीको घरबाट हवाई फायर भएपछि अरू पनि बाहिर निस्केर हवाई फायर गर्छन् ।" यहाँ पूर्वसैनिकहरूले हतियार नबुझाउँदा अरूले पनि सुरक्षाका लागि गैरकानुनी तरकिाले हतियार राखेका छन् ।

मुलुकमा कानुन त छ तर त्यसको पालना गराउन राज्यका अंगहरू असमर्थ छन् । नेपालमा जस्तै त्यहाँको नेसनल पुलिस नामको प्रहरी संगठन भ्रष्टाचारका कारण बदनाम छ । यो पनि राजनीतिक दलहरूको प्रभावमा छ । राष्ट्रपति रनिे प्रेवेलले पाँचवटा राजनीतिक दलहरूको संयुक्त सरकार निर्माण गरेका छन् तर सरकारप्रति जनताको पटक्कै विश्वास छैन । तावारेका मेयर थियोडाट भन्छन्, "हामी जनताको विश्वास जित्ने प्रयासमा छौँ ।" हाइटीका पत्रकार जमारी जुकेपेन आन्तरकि राजनीति नै हाइटीको मुख्य समस्या मान्छन् । भन्छन्, "स्वतन्त्रताका दुई सय वर्षदेखि राम्रो जीवनका लागि संघर्षरत छौँ तर जुन नेतामाथि विश्वास गर्‍यो, त्यो निकम्मा निस्कन्छ ।"



छिमेकीको चपेटामा

एसियाका शक्ति राष्ट्रहरू भारत र चीनबीचको अवस्िथतिमा रहेको नेपालको जस्तै छ, हाइटीको स्िथति । छिमेकी राष्ट्रहरू अमेरकिा, भेनेजुएला र क्युबाकोे स्वार्थमा नराम्ररी पिल्सिएको छ यो । सिमाना जोडिएका कारण राजनीतिक र सामरकि स्वार्थ पूरा गर्ने छिमेकीको उद्देश्यमा गोटी मात्र भएको आरोप हाइटीका नेताहरूले भोग्दै आएका छन् । अमेरकिा सामुदि्रक सीमा जोडिएको हाइटीमा आफ्नो प्रभुत्वको सरकार होस् भन्ने चाहन्छ । जानकारहरूका भनाइमा सीधै हस्तक्षेप गर्नुभन्दा उसले सहयोगी राष्ट्र ब्राजिलमार्फत आपmना नीति हाइटीमा लागू गररिहेको छ । कतिसम्म भने राष्ट्रसंघका तर्फबाट फोर्स कमान्डरमा ब्राजिलकै जर्नेल पठाउने गरएिको छ । किन पटकपटक ब्राजिलका जर्नेललाई नै यहाँ फोर्स कमान्डर बनाइएको होला ? नेपाली पत्रकारहरूको प्रश्नको उत्तर कूटनीतिक पाराले दिँदै फोर्स कमान्डर क्रुज भन्छन्, "सुडानमा नेपाली जर्नेल पनि त फोर्स कमान्डरका रूपमा कार्यरत छन् नि !"

त्यसो त हाइटीमा अमेरकिी सेनाको एउटा ठूलो फौज नै तैनाथ छ तर त्यो राष्ट्रसंघको झन्डामुनि नभई आफ्नै खुसीले बसेको हो, जो यहाँ आफूखुसी परचिालित हुन्छ । अफगानिस्तानका लागि तयार पारेर राखिएको अमेरकिी फौजको ८२ औँ एयर बोर्न डिभिजनलाई अकस्मात् हाइटीमा उतारयिो । १२ जनवरी २०१० को महाभूकम्पपछि राष्ट्रसंघका उच्च अधिकारीहरूसमेतको मृत्यु भई अस्तव्यस्त बनेको हाइटीमा क्युबा र भेनेजुएलाको प्रभुत्व बढ्ला भन्ने त्रासले यसरी विशेष फौज उतारँिदा बाँचेका हाइटीवासीले मुलुकलाई मौका छोपेर अमेरकिाले कब्जा गरेको ठानेका छन् । तर, अमेरकिाले दुनियाँको अपजस खाने गरी आफ्नै हातमा बागडोर लिने काम भने गरेको छैन ।

अर्कोतिर तेलको खानीका कारण अमेरकिालाई दक्षिणी भूभागबाट चुनौती दिँदै आएको भेनेजुएला र कम्युनिस्ट शासन स्थायी बनाएर अमेरकिी महाद्वीपमा टिकिरहेको क्युबाको स्वार्थ पनि हाइटीमा कम छैन । पूर्वराष्ट्रपति एरििस्ट्रडले भित्रभित्रै भेनेजुएला र क्युबाको साथ लिए । त्यसैले उनीविरुद्ध सेनासमेत प्रयोग भयो । सेनाले विद्रोह गरेर हतियार उठाएपछि एरस्िट्रीडलाई सुरक्षित भगाउने पनि अमेरकिा नै थियो । खतरा भएको भन्दै आफ्नै जहाजमा राखेर अमेरकिाले सशस्त्र सुरक्षासहित उनलाई दक्षिण अपि|mका पुर्‍याइदियो, जहाँ अहिले पनि उनी शरणार्थी नै छन् । उनीपछि शासनमा आएका वर्तमान राष्ट्रपति रनिे प्रेभेलले पनि शान्ति स्थापना गर्न सकेका छैनन् । उनलाई अमेरकिाको साथ त छ तर अरू दुई छिमेकी भेनेजुएला र क्युबा असहयोग गररिहेका छन् ।

नेपाली नेताहरूले हामी भारत र चीनसँग समदूरीको सम्बन्ध राख्छौँ भनेर कोही भारत पक्ष र कोही भारतविरोधी पक्षमा लागेजस्तै हाइटीका नेता पनि अमेरकिा समर्थक र विरोधीमा बाँडिएका छन् । उनीहरूसँगको कुराकानीमा विपरीत राजनीतिक प्रणाली र स्वार्थ बोकेका छिमेकीको चपेटाबाट उम्कन नसक्दाको परण्िातिको झल्को स्पष्टै पाइन्थ्यो । रनिे प्रेभेल जम्मा १० प्रतिशत मतदाताद्वारा छानिएका राष्ट्रपति हुन् । अमेरकिा उनको पक्षमा भएकाले न्यून मतदान भए पनि राष्ट्रसंघले उनलाई स्वीकारेको छ ।





'काठमाडौँको चिन्ता लाग्न थालेको छ'

हाइटीका लागि राष्ट्रसंघीय मिसन -मिनुस्ता)बाट प्राप्त कार्यादेश अनुसार नेपाली गणले २८ फेब्रुअरी २०१० मा हाइटीको राजधानी पोर्ट ओ पि्रन्सको आफ्नो जिम्मेवारी इलाकामा सिनेट चुनाव गराउनु थियो । ७४ वटा मतदान केन्द्रमा चुनाव गराउन प्रारम्भिक तयारी, योजना, रेकीलगायतका कार्यहरू सम्पन्न गर्न कम्मर कसेका हामी शेर गणका सकल दर्जाले अकस्मात् महाभूकम्प भोग्नुपर्‍यो । सौभाग्य हाइटीमा भएका नेपालीहरू कोही पनि हताहत भएनौँ । तर, प्राकृतिक विपत्तिले निम्त्याएको त्यहाँका जनताको चीत्कार, पीडाका चरम निराशाजनक दिनहरू देख्नुपर्‍यो ।

विपत्तिका बेला कुनै पनि राष्ट्रमा तालिम प्राप्त अनुशासित एवं साधन-स्रोतले सम्पन्न शक्ति भनेको पनि सेना नै हुँदो रहेछ । हाइटीमा सुरक्षित एवं स्िथर वातावरण बनाउने मूल जिम्मेवारी भए पनि विपत्तिको समयमा उद्धार नै पहिलो काम थियो । भूकम्पपछिका हरेक दिन जस र अपजसले भरएिका हुन थाले । उद्धारकार्यमा खटिँदा विभिन्न सहायता निकायसँग समन्वय गर्ने फिल्डकै जिम्मेवारी पनि हामीलाई आइलाग्यो । ध्वस्त भएको सहर र भग्नावशेषमा पुरएिका हाइटीका जनतालाई निकाल्ने काममा दिनरात भोक-प्यास नभनी हामी खटियौँ । त्यसबेला स्वयं हामी पनि राहतको भरमा पर्नुपर्ने अवस्था पनि आयो ।

हाम्रो लगनशीलता, कार्यदक्षता एवं आफूले पाएको जिम्मेवारी जसरी पनि पूरा गर्ने क्षमतादेखि मिनुस्ता कमान्डर, सहायता एजेन्सीका प्रमुखहरूलगायतबाट पाएको प्रशंसा, धन्यवाद एवं स्याबासी भूकम्पपछिका १० दिनसम्म अति पि्रय पनि लाग्थे । कामको सही मूल्यांकन भएको छ जस्तो लाग्थ्यो तर हाम्रो कर्तव्यपरायणताका कारण हाम्रो क्षमता -फौजको संख्या)भन्दा बढी कामहरू तोकिन थालेपछि भने फौजमा थकान देखापर्न थाल्यो । तर, हाम्रा जवानहरूले खान पाइएन, आराम पाइएन भनेर सिकायत गरेनन् । विपत्ति परेका बेलामा पल्टनका हरेक जवानमा आफ्नो सुख सुविस्तालाई थाती राखेर पीडित हाइटीवासीहरूको सेवा गर्दै नाम र धर्म कमाउँदाको अनुभव पनि सम्हाल्न पाइएकामा खुसी लागेको छ ।

भूकम्पपछिका हरेक दिन कल्पनै नगरेका कार्यहरू गर्नुपर्‍यो । मानवीय उद्धारतिर बढी ध्यान दियो सुरक्षा व्यवस्था कमजोर हुने, सुरक्षामा ध्यान दियो मानवीय उद्धारका लागि फौज नपुग्ने । फौज मात्र पुर्‍याएर नहुने साधन-स्रोत पनि पुर्‍याउनुपर्ने भयो । हामीले प्राप्त गरेको फौजी ज्ञानभन्दा फरक प्रकृतिका कार्यहरू जस्तै लास उठाउनु, ट्राफिक खुलाउनु, मृत्यु भएका राष्ट्रसंघका पदाधिकारीहरूलाई सलामी दिनु,  बैंक खुलाउनु, पानी बाँड्नु, भीड तितरवितर पार्नुजस्ता काम पनि गर्नुपर्ने भयो । कामको बोझ अझै घटेको छैन । हुन त काम केही व्यवस्िथत हुने प्रक्रियामा भएकाले केही खुकुलो भने अनुभव हुन थालेको छ यतिबेला ।

अरूको उद्धार मुख्य विषय बन्यो हाम्रा लागि । तर, हाम्रो आफ्नै अनुभव पनि कम कहालीलाग्दो छैन । गत जनवरी १२ का दिन आएको ठूलो झड्कापछि पटकपटक यस्ता झड्काहरू आइरहे । टेकेकै ठाउँमा थरर्र खुट्टा काम्दा आफ्नै ज्यान अब के हुने हो भन्ने पीरले पनि धेरै समयसम्म छाडेन । ६० भन्दा बढी झट्काहरूको सामना गर्नुपर्दा खुट्टामै भूकम्प पो बोकेर हिँडेको छु कि जस्तो लाग्थ्यो । झट्काहरू घट्न थालेपछि काठमाडौँको अस्तव्यस्त सहरको सम्झना आउन थालेको छ । भूकम्पको प्रत्यक्ष जोखिममा रहेको काठमाडौँ, जहाँ हाम्रा परविारहरू बस्छन्, त्यसको चिन्ताले सताइरहन्छ । यहाँको अनुभवलाई हेरेर हामीले पनि समयमै सचेत भई पूर्वयोजना, तयारी र सुरक्षाका उपायहरू अपनाउनुपर्छ ।

-कुराकानीमा आधारित)





भरोसा नेपाली सेनाको

हाइटीमा उद्धारका अप्ठ्यारा काममा होस् वा कठिन ठाउँमा राहत वितरण गर्नुपर्दा हाइटीका लागि राष्ट्रसंघीय मिसन -मिनुस्ता)ले पनि नेपाली सेनालाई नै बढी भरोसा गरेको देखिन्छ । शेर गणको वाषिर्कोत्सवका कारण एकै ठाउँ भेला भएकाले महाभूकम्पका बेला सबै नेपाली सकुशल रहे । त्यसबाट नेपालीहरूलाई उद्धारमा उच्च मनोबलका साथ काम गर्न सजिलो भएको कन्टिन्जेन्ट कमान्डर रतीन्द्र क्षेत्री बताउँछन् । भत्किएका भवनमा च्यापिएकाहरूको शव निकाल्न होस् वा जिउँदै उद्धार गर्न होस्, नेपाली सेनाले घीन नमानेको पीडित क्याम्पमा बसेका कम्बुटे नामका हाइटियन नागरकि बताउँछन् । मेयर थियोडाटले त नेपाली पत्रकारहरूलाई यतिसम्म भने, "हामी त केही पर्‍यो भने तत्काल नेपाली सेनालाई सम्झन्छौँ, हामीले ज्यादै राम्रो सहयोग पाएका छौँ ।"

No comments:

Post a Comment

Followers