Friday 14 May 2010

वर्षका चर्चित महिला.........

अश्विनी कोइराला
डा सुधा शर्मा

स्वास्थ्य सचिव भएको केही महिनासम्म डा सुधा शर्मा सरकारी कामकाजको ढंग देखेर आश्चर्यचकित थिइन् । चिकित्सा पेसामा रहेकी डा शर्मालाई प्रशासनको ज्ञान उति राम्रो थिएन । सरकारी काम भन्नेबित्तिकै जनता सकेसम्म प्रशासनिक झमेलामा पर्नु नपरोस् भन्ने किन ठान्छन्, डा शर्माले बल्ल बुझिन् । गतवर्षको असारयता डा शर्माको काम गर्ने शैली यसरी परविर्तन भयो कि प्रशासन यन्त्रमा उनी उच्च ओहदाकी जल्दोबल्दो कर्मचारी भएकी छिन् । डा शर्माले जनसंख्यासम्बन्धी २० वर्षे रणनीति तयार पारेर एउटा चिकित्सकले गम्भीर प्रकृतिको अनुसन्धान गर्न सक्दैन भन्ने कुरालाई गलत साबित गरेकी छन् । त्यसबाहेक जिल्ला-जिल्लामा स्वास्थ्यसम्बन्धी गुणस्तरीय जनशक्ति उत्पादनका लागि अहिले उनी पाठ्यक्रमको तयारी गररिहेकी छिन् । उनको आमाको स्वास्थ्य सुधार गर्न चालिने महत्त्वपूर्ण कदमको अनुसन्धान लागू गर्न पनि अन्तिम छलफल भैरहेको छ ।

डा सुधा शर्मा स्वास्थ्य सचिवका रूपमा सफल हुनुका पछाडि नेपाल मेडिकल काउन्सिलकी अध्यक्षका रूपमा उनको नेतृत्वदायी भूमिका महत्त्वपूर्ण थियो । उनले मेडिकल काउन्सिलको अध्यक्ष हुँदा नै नेपालको स्वास्थ्य समस्या अनुभव गरसिकेकी थिइन् । त्यसलाई समाधान गर्ने अवसरको सदुपयोग हुन थालेपछि निजी क्लिनिकका चिकित्सकहरू पनि डा शर्मालाई सफल स्वास्थ्य सचिवका रूपमा टिप्पणी गर्न थालेका छन् । डा शर्मा महिला स्वास्थ्य विशेषज्ञ पनि हुन् । प्रसूति गृहको निर्देशक हुँदा भएको २०६२-०६३ को जनआन्दोलनमा उनले चिकित्सकहरूलाई आन्दोलनमा उतारेर लोकतन्त्रका लागि महत्त्वपूर्ण योगदान गरेकी थिइन् । केही वर्षयता उनलाई महिला रोग विशेषज्ञका रूपमा विदेशमा निकै राम्रा अवसर आइरहेका छन् । उनीसँगैका धेरै चिकित्सक विदेशमा बसाइ सरे पनि उनी भने समग्र स्वास्थ्य क्षेत्रको उपचार गररिहेकी छिन् । 'म सेवानिवृत्त भएपछि पनि नेपालकै स्वास्थ्य क्षेत्रमा सक्रिय हुन्छु ।' केही महिनाअघि नारीसँग डा शर्माले भनेकी थिइन्, 'मलाई देशले जति दिएको छ, त्यो भन्दा बढी मैले देशको सेवा गर्नुपर्छ ।'



अञ्जु पन्त

२०६६ सालमा जति पनि म्युजिक एवार्ड वितरण भए, त्यसमा एउटी गायिका एवार्ड पाउने सूचीमा अनिवार्य रहिन् । कान्तिपुर एफएम होस् वा हिट्स एफएम होस्, उनी नै सर्वोत्कृष्ट गायिका बनिन् । चितवनको कालिका एफएम र पोखराको अन्नपूर्ण एफएमले पनि यिनै गायिकालाई पुरस्कृत गर्‍यो । न बिर्से तिमीलाई, न पाएँ तिमीलाई सहित यी गायिकाले ३ सयभन्दा बढी गीत गाएर यो वर्ष सबैभन्दा बढी गीत गाउने रेकर्डसमेत कायम गरिन् ।

ब्राह्मण बुबा तथा तामाङ आमाबाट जन्मिएकी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी  छिन् । लगभग ६ सय गीत गाएकी अञ्जुले २ सय गीत नेपाली चलचित्रका लागि गाएकी  छिन् । उनको सर्वपि्रय गीत 'न बिर्से तिमीलाई' मोबाइलमा २८ हजार पटक डाउनलोड भएको छ । मोबाइलमा यति धेरै डाउनलोड हुने उनी प्रथम गायिका हुन् । आलोकश्रीको लगानी र संगीत रहेको 'संयोग' एल्बममा अञ्जुले प्रसिद्ध गजल गायक जगजित सिंहसँग गीत गाउने अवसर समेत पाएकी छिन् ।

१३ वर्षअघि भजन रेकर्ड गरेर संगीत क्षेत्रमा प्रवेश गरेकी अञ्जु लोकपि्रय हुन थालेको तीन वर्ष मात्र भएको छ । हिट हुन थालेयता उनको आम्दानीमा पनि गुणात्मक वृद्धि भएको छ । पहिले एउटा गीत गाएको १ हजार रुपैयाँ पारिश्रमिक लिने गायिका अञ्जु पन्त अहिले एउटै गीत रेकर्ड गरेको १० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् ।



झरना थापा

कलाकार त्यस्तो हुनुपर्छ, जो निरन्तर माथि उक्लन सकोस् । यो सूत्रलाई नायिका झरना थापाले राम्रैसँग मनन गरेकी छिन् । यो वर्ष झरना थापाले आफूलाई उत्कृष्ट साबित गरेकी छिन् । यो वर्ष उनले अभिनय गरेका ५ मध्ये तीन चलचित्र प्रदर्शन भए । जसमा आफैले निर्माण गरेको चलचित्र 'तकदीर' ले केटीभी एवार्ड हात पार्‍यो भने भुवन केसीले निर्माण गरेको 'म तिमीबिना मरहिाल्छु' ले पनि राम्रो व्यापार गर्‍यो । उनले अभिनय गरेको अर्को चलचित्र 'कहाँ छौ कहाँ' समीक्षकहरूले निकै मन पराए । 'कहाँ छौ कहाँ' मा थापाले भारतमा बेचिएकी चेलीको अभिनय गरेकी थिइन् ।

एक छोरीकी आमा भएर पनि आफ्नो सौन्दर्यलाई जोगाएर राख्नु झरनाको विशेषता हो । उनी आफै चलचित्र निर्मातृ पनि हुन् । होम प्रोडक्सनमार्फत चलचित्रका सबै पक्षमा सहयोगी भूमिका निभाउने झरना थापाले बाहिरका चलचित्रमा पनि समय दिइरहेकी छिन् । चलचित्र निर्माताहरूले लगातार अफर गर्नु उनको बढ्दो लोकपि्रयताको संकेत हो ।

वर्ष २०६६ मा उनी सरसफाइ राजदूतका रूपमा समाजसेवामा समेत संलग्न भइन् ।

'इन्ड वाटर प्रोभर्टी' नामक संस्थाले उनलाई सरसफाइ अभियानको राजदूत नियुक्त गरएिपछि उनी त्यसको प्रचार गर्न दिल्ली पुगेकी झरनाले त्यहाँका उच्च पदस्थ व्यक्तिहरूका अघि सरसफाइसम्बन्धी कार्यक्रम प्रस्तुत गरनि् । यस्तो कार्यक्रममा भाग लिने उनी पहिलो नेपाली महिला कलाकार हुन् । कलाकार संघको उपाध्यक्षका रूपमा कलाकारहरूको हकहितमा काम गररिहेकी झरना थापा सांकेतिक भाषा पनि जान्दछिन् ।



दीपाश्री निरौला

अभिनयका हिसाबले मानिसलाई हँसाउनु सबैभन्दा गाह्रो कुरा हो । यही गाह्रो कामकै कारण दीपाश्री निरौलालाई कलाक्षेत्रमा उच्च सम्मान प्राप्त छ । नेपाल टेलिभिजनको सबैभन्दा चर्चित कार्यक्रम 'तीतो सत्य' मा कलाकारका रूपमा दीपाश्रीको जति भूमिका छ, त्यो भन्दा बढी व्यवस्थापकको भूमिका महत्त्वपूर्ण छ । 'तीतो सत्य' मा दीपाको अभिनय मात्र छैन, उनीबिना टिम परचिालन हुन पनि मुस्किल पर्छ ।' सहयात्री दीपकराज गिरी भन्छन्, 'मैले स्त्रिmप्टमा ध्यान दिनुपर्ने हुनाले व्यवस्थापन दीपाले नै हेर्छिन् ।'

तीतो सत्यमा कर्कसा गृहिणीको भूमिकामा देखिने दीपाश्रीको लोकपि्रयता यो वर्ष पनि उपल्लो स्थानमा रह्यो । नेपाली टेलिभिजनबाट धेरै हास्य कार्यक्रम प्रसारण भए पनि तीतो सत्यको लोकपि्रयतालाई कसैले भेटाउन सकेको छैन । यो कार्यक्रम अहिलेसम्मकै सबैभन्दा बढी कमाउने कार्यक्रम भएको छ । ३ सय ५० भाग पुग्न लागेको यो कार्यक्रम भित्री रूपमा दीपाको शक्तिमा अडेको निर्देशक दीपकराज गिरी पनि स्वीकार गर्छन् । २० वर्षअघि रेडियो नेपालको बाल कार्यक्रमबाट प्रसारण हुने नाटकमा अभिनय गरेर दीपाले आफ्नो करयिर प्रारम्भ गरेकी हुन् । स-साना नाटकमा काम गर्ने क्रममा दीपाको भेट दीपकराज गिरीसँग भयो । १६ वर्षयता यो जोडीको प्रहसन, रेडियो नाटक, टेलिश्रृंखला एवं चलचित्र समेत आइसकेका छन् । यद्यपि उनीहरूले रेडियो नेपालमा रामविलास र धनियाँका रूपमा लोकपि्रयता हासिल गरे भने केही वर्षयता तीतो सत्यमा श्रीमान्-श्रीमतीका रूपमा उनीहरूले निकै ख्याति पाएका छन् ।

क्षयरोगविरुद्ध सद्भावना राजदूतका रूपमा काम गररिहेकी दीपाका लागि वर्ष- २०६६ लक्की रह्यो । दीपक र दीपाको यो जोडीले एउटा मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडरको भूमिका पनि निभाइरहेको छ ।



सुजाता कोइराला

नेपालको राजनैतिक इतिहासमा कोइराला परविारको स्थान उच्च छ । सुजाता कोइरालामाथि यो इतिहास रक्षा गर्ने जिम्मेवारी आएको छ । गत महिना गिरजिाप्रसाद कोइरालाको निधन भएपछि सबैका आँखा सुजातामाथि गएका हुन् । उनले विरासतमा पाएको इतिहासप्रति न्याय गर्न सक्ने हुन् कि होइनन्, त्यसको टुंगो उनको राजनीतिले गर्दै जानेछ । यद्यपि छोरीका रूपमा बुवालाई दागबत्ती दिएर उनले आफू त्यो विरासत थाम्न तयार रहेको संकेत दिइन् । नेपालको उप-प्रधामन्त्रीका रूपमा सुजाता दोस्रो महिला हुन् । पहिलो उप-प्रधानमन्त्री शैलजा आचार्यको निधनपछि सुजाता बरष्िठताका हिसाबले नेपालको पहिलो प्रधानमन्त्री हुने बाटो खुलेको छ । यद्यपि उनले यो वर्ष परराष्ट्र मन्त्रीका रूपमा जसरी देशको प्रतिनिधित्व गरनि्, त्यसले उनको राम्रो पहिचान बनिसकेको संकेत दिएको छ । प्रधानमन्त्रीको पहिलो औपचारकि भारत भ्रमणअघि त्यसको तारतम्य मिलाउन सुजाता भारत गएकी थिइन् । उक्त भ्रमणमा उनले सहयोगसम्बन्धी जुन वातावरण बनाइन्, त्यसले प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमूलक बनायो । उनको यही कार्यकुशलताकै कारण आफ्नो औपचारकि चीन भ्रमणअघि प्रधानमन्त्री माधवकुमार नेपालले सुजातालाई चीन पठाए । गिरजिाप्रसाद कोइरालाकी छोरी भएका नाताले पनि उनी चीनलाई आफ्नो पक्षमा पार्न सफल भइन् । चीनले आफ्नो सहयोग दोब्बर पार्नुमा सुजाताले गरेको प्रयासलाई पनि कारण मानिएको छ । भारत र चीन मात्र होइन, उनले दर्जनौं युरोपेली मुलुक एवं अमेरकिासँग पनि निकै राम्रो सम्बन्ध स्थापित गरेकी छिन् । यसले उनको व्यक्तिगत राजनैतिक जीवनका लागि अन्तर्राष्ट्रिय मान्यता त मिल्यो नै, देशले पनि पहिलेको तुलानामा राम्रो वैदेशिक सहयोग प्राप्त गरेको छ । विश्लेषकहरूका अनुसार विगत एकदशकका परराष्ट्र मन्त्रीहरूको तुलनामा सुजाताको काम प्रशंसनीय छ । यद्यपि केही व्यक्तिगत कारणले देशभित्र उनको चर्को आलोचना नभएको भने होइन ।  



 



विद्या     भण्डारी

नेपाली सेनाको इतिहास जति गौरवमय छ, अहिले यो त्यति नै संकटमा परेको छ । नेपाली सेनाका उच्च अधिकारीहरू सरकारले बुद्धि नपुर्‍याउने हो भने नेपाली सेनाको गौरवमय इतिहास खण्डित हुने सम्भावना व्यक्त गररिहेका छन् । यद्यपि रक्षामन्त्रीका रूपमा विद्या भण्डारीले खेलेको भूमिका समग्र सुरक्षा व्यवस्थालाई मजबुत बनाएको छ । सेनाको मनोबल उच्च भएको छ । अनौपचारकि कुराकानीमा सेनाका बरष्िठ अधिकारीहरू रक्षामन्त्री विद्या भण्डारीको खुलेर प्रशंसा गर्छन् । पहिलो महिला रक्षामन्त्रीका रूपमा विद्या भण्डारीले खेलेको भूमिकाले समग्र महिलाको गौरव बढाएको छ । सुरक्षा जस्तो संवेदनशील विषय महिलाले व्यवस्थापन गर्न सक्दैनन् भन्ने भ्रम पनि विद्या भण्डारीले तोडेकी छिन् ।

प्रभावशाली नेता मदन भण्डारीकी श्रीमती भएकै कारण राजनीतिमा अघि आएको आरोपका कारण विद्या भण्डारीको राजनीतिले गति लिन सकेको थिएन । यद्यपि महिलालाई आरक्षण दिनुपर्छ भन्ने मुद्दा उठाएर उनले एक दशकयता राजनैतिक पहिचान कायम गर्न थालेकी थिइन् । रक्षामन्त्री बन्ने अवसर पाएपछि भने उनले एउटा छुट्टै इतिहास निर्माण गरेकी छिन् । उनको लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई नेपालका अन्य नेताहरूले पनि अनुशरण गर्नुपर्ने अवस्था आएको छ ।



दृष्टि श्रेष्ठ

काठमाडौंमा १४ घन्टा लोडसेडिङ भैरहदा नजिकको ललितपुर जिल्लाका मापिखेल र गुर्दुङ गाउँका ३० घरमा चौबीसै घन्टा बिजुली बल्छ । काभ्रेको केराबारीका ३२ घरमा पनि लोडसेडिङ हुन छाडेको छ । गत पुसमा गुर्दँङ र मापिखेल एवं फागुनमा केराबारीमा बिजुली पुर्‍याउने काम गरेर २१ वषर्ीर्या दृष्टि श्रेष्ठले यो वर्ष राम्रै चर्चा पाइन् । उनले १२ लाख रुपैंयाँ खर्चिएर ती क्षेत्रमा ३-३ किलोवाट बिजुली उत्पादन गरेकी हुन् । अमेरकिाको मिडलवरी कलेजमा अर्थशास्त्रकी छात्रा दृष्टिले अन्तरकलेज प्रतियोगितामार्फत १० हजार डलर बराबरको प्रोजेक्ट हात पारेकी हुन् । उनले ललितपुरको मापिखेल र गुर्दुङलाई विद्युतीकरण गर्ने योजनालाई प्रतिस्पर्धामा उतारेकी थिइन् । उनको यो प्रोजेक्टले दोस्रो स्थान प्राप्त गरेपछि फेर ि७ हजार डलर पुरस्कार पाइन् । पुरस्कार पाएको पैसा पनि उनले काभ्रेको केराबारीको विद्युतीकरणमा खर्च गरनि् । यसरी एकै वर्षमा दृष्टिले तीन गाउँका गरबि किसानका घरमा लोडसेडिङविहीन विद्युतीकरण गरेर यो वर्षकी चर्चित युवती बन्न पुगिन् ।

इन्जिनियर डम्बरबहादुर नेपालीकी छोरी दृष्टि सन् २००७ मा १२ कक्षा उत्तीर्ण गरेर अमेरकिा गएकी हुन् । दृष्टि बुवाको प्रेरणा पाए पनि आमाको थरले चिनिन चाहन्छिन् ।  सानैदेखि जलविद्युत्को मात्र चर्चा हुने वातावरणमा हुर्किएकी दृष्टिको उद्देश्य ग्रामीण क्षेत्रमा विद्युतीकरण हो । बुवा असल इन्जिनियर भएकाले व्यवस्थापनमा सघाउन आफूले अर्थशास्त्र पढेको दृष्टिको कथन छ ।



आयशा शाक्य

'परश्रिम गरेकी छु त्यसैले गोल्ड मेडल जित्छु भन्नेमा ढुक्क छु' बंगलादेशको ढाकामा सम्पन्न ११ औं साग खेलकुदमा भाग लिनुअघि आयशा शाक्यले यस्तै दृढता व्यक्त गरेकी थिइन् । कडा अभ्यासका क्रममा निथ्रुक्क शरीर भिजाएकी आयशाले 'गोल्ड मेडल जित्छु' भन्ने आत्माविश्वास लिइरहँदा प्रशिक्षकहरूले पनि उनलाई हौस्याएका थिए । नभन्दै उनले सागको ११ औं संस्करणबाट आफ्नो खेल जीवनलाई थप उचाइमा पुर्‍याइन् ।

आयशा नेपाली तेक्वान्दोका लागि सम्भावनायुक्त खेलाडी हुन् । खेल जीवनको छोटो यात्रामै अपत्यारलिो सफलता हात पारेकी आयशाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको अनुभव संगालेकी छिन् । यसअघि उनले श्रीलंकामा सम्पन्न दसौं साग खेलकुदमा पनि भाग लिएकी थिइन् । त्यसताका ५९ केजी तौल समूहमा उनले रजत पदक जितेकी थिइन् । दोहा कतारमा भएको १५ औं एसियाली खेलकुदमा ५९ केजी तौल समूहबाटै उनले कांस्य पदक जितेकी थिइन् । त्यसैगरी कोरयिामा आयोजित फस्ट वल्र्ड तेक्वान्दो कल्चर एक्स्पोमा पनि उनले कुशलता प्रदर्शन गरेकी थिइन् । उक्त प्रतियोगितामा उनलाई कांस्य पदक प्राप्त भयो ।

उनले प्रतिस्पर्धा गरेको अन्तर्राष्ट्रिय खेलकुदको सूची यतिमै सीमित छैन । ८ वर्षअघिदेखि व्यावसायिक खेल जीवनमा होमिएकी आयशालाई १५ औं एसियाली खेलकुदका क्रममा चिनियाँ खेलाडीलाई उछिन्दाको क्षण अझै पनि रोमाञ्चक लाग्छ । शाक्य भन्छिन्-'त्यसबेला मेरी प्रतिद्वन्द्वी एकदमै स्ट्रंग थिइन्, तैपनि

मैले जितें ।'

पाटन, नकवहालकी आयशा ब्ल्याक वेल्ट थर्ड डान हुन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत आयशाको डिफेन्सिङ प्रबल मानिन्छ । 'स्पिड कम छ' उनले आफ्नो कमजोरी बताइन् ।

सधैं चर्चामा



रेखा थापा

रेखा थापा नेपाली चलचित्रकी प्रतिभाशाली कलाकार हुन् । त्यो भन्दा पनि आफूसँग भएको कलालाई कसरी मार्केटिङ गर्नुपर्छ त्यो उनलाई राम्रोसँग थाहा छ । त्यसैले उनी अन्य वर्षझैं यो वर्ष पनि चर्चामा रहिन् । कहिले उनले एकीकृत माओवादीका अध्यक्षसँग कम्मर मर्काएर आफूलाई माओवादी समर्थकहरूको प्यारो बनाइन्, कहिले गगन थापासँग नाच्ने इच्छा जाहेर गरेर समयसँगै चल्न सक्ने खुवी प्रदर्शन गरनि् । कान्तिपुर पब्लिकेसन्सको साप्ताहिकमा उनी प्रत्येक साता लभ गुरुका रूपमा प्रेम समस्या समाधान गर्छिन् । यसले उनलाई युवाहरूको रुचि र समस्या थाहा पाउन सहयोग गरेको छ ।

सय चलचित्रमा अभिनय गरसिकेपछि पनि उनको लोकपि्रयता कम नहुनुका पछाडि उनको राम्रो अभिनय मात्र होइन, मार्केटिङ कलाले पनि काम गरेको छ । सर्वेक्षणमा रेखा नेपालकी नम्बर एक नायिका हुन् । यद्यपि रेखा थापा आफू भने करश्िमा मानन्धरलाई अहिले पनि नम्बर एक नायिका मान्छिन् । अरूका चलचित्रमा काम गर्दै जाँदा उनले आफैं पनि चलचित्र निर्माणमा हात हालेकी छिन् ।

धेरै कलाकारले आफूले लगानी गरेको चलचित्रमा असफलता पाए पनि रेखाले भने प्रत्येक चलचित्रमा सफलता हासिल गरेकी छिन् । कुनै न कुनै कारणले सञ्चारमाध्यममा छाइरहने भएकीले पनि रेखालाई सदाबहार नेपाली कलाकार मानिएको हो ।



करिमा बेगम

मन्त्री पदको ठूलो मर्यादा छ । यो मर्यादा बिर्सदा कृषि तथा सहकारी राज्यमन्त्री करमिा बेगम गतवर्ष विवादमा परनि् । आफ्नो गृहजिल्ला पर्सा जाँदा एयरपोर्टमा पुरानो गाडी पठाएको भन्दै त्यहाँका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई उनले तीन थप्पड हानिन् । त्यो पनि भण्डारीकै कार्यकक्षमा । आफ्ना कार्यकर्ता र एकजना कर्मचारीकै अघि थप्पड हिर्काउँदा भण्डारीले लगाएको चस्मा फुटेको थियो । मन्त्रीको यस्तो कार्यबाट कर्मचारीहरू आक्रोशित भएर हप्ता दिनसम्म काम बन्द गरे । नेपालको प्रमुख नाका वीरगंज ठप्प भयो । प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो मन्त्रिमण्डलका सदस्यले मर्यादा बिर्सिएको भन्दै माफी माग्नुपर्‍यो । उक्त घटनाले केही दिन गरम राजनैतिक बहस चलायो । कतिपयले त त्यही कारणले सरकार ढल्न सक्ने आशंकासमेत गरे ।

आफूलाई अपहेलित गरेका कारण आवेशमा थप्पड हानेको बेगमको स्पष्टोक्ति थियोे । महिला मुसलमान मात्र होइन, मधेसी भएका कारण आफूलाई प्रजिअले अपहेलना गरेको उनको आरोप रह्यो । यद्यपि मन्त्रीको अपहेलना गर्ने प्रजिअलाई विभागीय कारबाही गर्ने अधिकार उनलाई थियो । विभागीय कारबाहीको अधिकार प्रयोग गरेर उनले भण्डारीलाई कारबाही गर्न सक्थिन् तर रसिको झोंकमा उनले आफू मन्त्री भएको र यो निकै मर्यादित पद हो भन्ने कुरासमेत बिर्सिइन् । यद्यपि यो घटना उनको क्षमायाचनापछि सेलाएर गयो ।



चन्दा चौधरी

यता तमलोपाबाट युवा तथा खेलकुद सहायक मन्त्री बनेकी चन्दा चौधरीले गाडी बिगि्रएको रसिमा आफैंले चढ्ने गाडीको सिसा फुटाइन् । सर्लाही स्थायी घर भएकी चौधरी गतवर्ष माधव नेपालले आठौं पटक मन्त्रिमण्डल विस्तार गर्दा मन्त्री भएकी हुन् । मन्त्री हुनेबित्तिकै उनले आफूलाई पुरानो गाडी दिएकोमा आपत्ति प्रकट गरेकी थिइन् । चन्दाले आफूलाई दिएको गाडी बेलाबेलामा बिग्रने गरेको गुनासो प्रधानमन्त्रीसमक्ष गरेकी थिइन् । गाडीकै विषयमा तनाव खेपिरहेकी चन्दा सिंहदरबारबाट मन्त्री क्वाटर पुल्चोक जाने क्रममा कुपन्डोलमा गाडी बिगि्रयो । यही रसिमा उनले गाडीको सिसामा मुड्की प्रहार गरनि् । उनकेा प्रहार यति शक्तिशाली थियो कि गाडीको सिसा झर्‍यामझुरुम भयो । रमाइलो कुरा त के छ भने यो प्रसङ्गमा चौधरीको नकारात्मक टिप्पणी भए पनि उनले अर्को गाडी पाइन् । तोडफोड नगरी अधिकार नपाइने नेपाली समाजमा मन्त्रीले पनि त्यही घटना दोहोर्‍याउनुपर्‍यो ।



कलावती पासवान

वर्तमान मन्त्रिमण्डलमा कलावती पासवान यस्ती महिला हुन्, जो मधेसी महिलाभित्रकी दलित हुन् । नेपालमा पहिलोपटक मधेसकी दलित महिला मन्त्रिमण्डलमा प्रवेश गरेपछि धेरैले त्यसको स्वागत गरे । साक्षर मात्र रहेकी कलावतीको मन्त्रिमण्डलमा प्रवेश हुनु प्रतीकात्मक मात्र थिएन, उनीबाट कुनै न कुनै रूपमा दलित महिलाको उत्थान हुने आशा राखिएको थियो । लामो समय बितिसक्दा पनि उनले गरेको कुनै पनि काम बाहिर आएन ।

केही समयअघि उनले बाराका एलडिओ रामचन्द्र मिश्रमाथि हातपात गरनि् । आफूले भनेको कुरा एलडिओले नमानेको उनको तर्क थियो । जिल्ला विकास समितिबाट अनुमति लिएर भारतमा ढुंगा-गिटी निकासी गररिहेको यादव ट्रेडर्सलाई डेढ करोड रुपैंयाँ मिनाहा दिने कि नदिने भन्ने विषयमा बहस हुँदा पासवानले एलडिओमाथि हातपात गरेकी थिइन् । मिटिङ भैरहेको स्थानमा मन्त्रीले अश्लील शब्द प्रयोग गरेको अन्य कर्मचारीको आरोप छ । त्यस्तो शब्द नबोल्नु कुरा मिल्छ भन्दाभन्दै पासवानले एलडिओलाई चार थप्पड हानेको प्रत्यक्षदर्शीहरूको भनाइ थियो । उक्त घटनामा  अनियमितताको आशंका भए पनि मन्त्रीले गएर सीधै थप्पड हान्दा घटनाले अर्कै मोड लियो । फलस्वरूप जसले भ्रष्टाचारको सूचना दिएका थिए ती कर्मचारीहरू नै मन्त्रीको विरोधमा देखिए । अन्त्यमा विभागीय कारबाहीमा पर्नसक्ने कर्मचारीसँग मन्त्री पासवानले उल्टै क्षमा याचना गर्नुपर्‍यो । त्यसो त मन्त्री हुनुअघि नै करमिा बेगम तथा कलादेवी पासवान यादव समूहको मधेसी जन अधिकार फोरमसँगको भिडन्तमा घाइते भैसकेका थिए ।

फोरम अध्यक्ष यादवले विजयकुमार गच्छेदारलाई कारबाही गरेको खबर आउनेबित्तिकै यी दुवै सभासद पार्टीको बैठक चलिरहेको स्थानमा पुगेर गाली गर्न थालेका थिए । फलस्वरूप दुवै पक्षको भिडन्त हुँदा पासवान र वेगम घाइते भएका थिए । महिलाहरू शालीन, भद्र एवं संवादमा विश्वास राख्छन् भन्ने मान्यता विपरीत भिडन्त एवं थप्पडमा ओर्लिएपछि गतवर्ष पासवानको छवि धुमिल हुनपुग्यो ।



पूजा  र नम्रता

पूजा र नम्रताको सार्वजनिक भएको सनसनीखेज भिडियोले नेपाली चलचित्र उद्योगको छविलाई धुमिल बनायो । 'पापी' चलचित्रबाट उदाएकी पूजा आकर्षक मोडल, सुरलिी गायिका एवं सम्भावनायुक्त नायिका थिइन् । यही आकर्षणका कारण एक दशकमा उनले दर्जनौं गीत गाइन् भने दर्जनौं म्युजिक भिडियोमा देखापरनि् । केही कमर्सियल विज्ञापन पनि उनको हातमा आयो । उनका चलचित्रले राम्रो व्यापार गर्न नसके पनि उनले ५ वटा चलचित्रमा काम  गरनि् । गोप्य भिडियो सार्वजनिक भएको केही दिनमै उनले तिनै युवकसँग विवाह गरेर आफ्नो जीवनलाई सेफ ल्यान्डिङ गरनि् । यद्यपि उनको त्यो विवाह लामो समय नटिकेको पत्रपत्रिकाहरूको दाबी छ ।

अर्कातर्फ म्युजिक भिडियो एवं चलचित्रबाट चर्चामा आएकी सुन्दर नायिका नम्रता श्रेष्ठको भिडियो प्रकरणले लामो समय बजार ततायो । यसले उनको कला जीवनमा ठूलो धक्का पुर्‍यायो । चलचित्र सानो संसार र मेरो एउटा साथी छ मा नायिका भएपछि सबैको आशाको केन्द्र बनेकी नम्रताको सार्वजनिक जीवन उक्त घटनापछि अन्त्य भएको अनुमान गरएिको थियो । यद्यपि उनी उक्त घटनालाई विस्मृतिमा राखी अघि बढ्ने प्रयास गररिहेकी छिन् । अहिले उनी सार्वजनिक जीवनमा र्फकने प्रयासमा छिन् । यतिखेर नम्रता केही संस्थाले गरेको औपचारकि कार्यक्रममा अतिथि भएर देखापर्न थालेकी छिन् भने लागूदुव्र्यसनीको कथामा आधारित एउटा चलचित्रमा नायिकाका रूपमा देखापर्ने भएकी छिन् ।

No comments:

Post a Comment

Followers